डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, आकस्मिक कक्षमा उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, आकस्मिक कक्षमा उपचार हुँदै

जुम्ला, २० असार । अनसनरत वरिष्ठ डा.गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएको छ ।

डा. केसीको अहिले प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । छातीमा समस्या देखिएपछि स्थानीय प्रशासनको अवरोधको बाबजुत प्रतिष्ठानका चिकित्सकहरुले जिल्लाको कवर्ड हलबाट अनसनरत केसीलाई प्रतिष्ठान पुर्याएका थिए ।

अनशन बस्न जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका केसीलाई प्रहरीले गिरफ्तार गरेपछि उनी जिल्लाको कवर्ड हलमै अनसन बसेका थिए । डा. केसीले सरकारले जस्तोसुकै दमन गरेपनि अनशनबाट पछि नहट्ने बताउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);