नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी, गच्छदारलाई उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी, गच्छदारलाई उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी

२५ बैशाख, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी भएको छ ।

नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी

२५ बैशाख, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी  भएको छ ।

पार्टी कार्यालय तीनकुनेमा सोमबार बसेको फोरमको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अध्यक्ष गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो । गच्छदारले उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

चौधरीले कैलाली घटनामा सग्लग्नलाइ एक साता भित्र कारागारमुक्त गर्नुपर्ने, सिमाङ्कनका बिषयमा आफूहरुको माग पुरा गर्ने सर्त सरकारले स्वीकार गरेकाले ससर्त सरकारमा सहभागी हुन लागेको बताउनुभयो ।

राप्रपा सरकारबाट बाहिरिएपछि गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री दाहालको आग्रहपछि लोकतान्त्रिक फोरम तीन मन्त्रालयसहित सरकारमा सहभागी हुन तयार भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);