२५ बैशाख, काठमाडौं । नेपाली कांगे्रसले चुनाव प्रचारको क्रममा भएको अबरोध र आगजनी जस्ता घाटनाको भ्रत्सना गरेको छ ।
कांग्रेस केन्द्रिय प्रचारप्रसार विभागले नियमित रुपमा गर्दै आएको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता रमेश लेखकले स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन गर्न लागिपरेको हुनाले निर्वाचनका विरुद्ध हुने गतिविधिप्रति कांग्रेसको आपत्ती रहेको बताउनुभयो । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको पक्षमा सामाजिक संजाल लगायत ४ वटै महानगरपालिका सहित अधिकांस भागमा अहिलेसम्मको सर्वेक्षणमा जनलहर बढी रहेकाले आफ्नो पार्टीले जित्ने उहाँले दाबी गर्नुभयो । त्यस्तै संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन कांग्रेसको मुख्य एजेण्डा रहेकोले बढी भन्दा बढी जनसहभागीता गराउनको लागि नेपाली कांगे्रसले प्रचारप्रसार सँगै मतदाता शिक्षामा पनि जोड दिएको जानकारी दिनुभयो ।




