कांग्रेसको अबरोधका कारण आज पनि राष्ट्रियसभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

कांग्रेसको अबरोधका कारण आज पनि राष्ट्रियसभा बैठक स्थगित

rastriya-sabha

काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अबरोधका कारण आजको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ ।

नेपाली कांग्रेसका सांसदहरुले चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेकको रुपमा पारित गर्नुपर्ने, बंगलादेशमा अध्ययनरत छात्राहरुको अपमानहुने अभिव्यत्ति दिएका मेडिकल व्यसायी दुर्गा प्रसाईलाई कार्बाही गर्नुपर्ने लगायतका माग गर्दै अबरोध गरेपछि बैठक स्थगित गरिएको छ ।

कांग्रेसले तरुण दलका नेता-कार्यकर्ता माथि भएको प्रहरी हस्तक्षेपको बारेमा गृहमन्त्रीको जवाफ माग गरेको छ । कांग्रेस सांसदहरुले अबरोध गरेपछि बैठक साउन १६ गते बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

मंगलबारको राष्ट्रियसभा बैठक पनि बोल्ने विषयमा सत्तापक्ष सांसद र प्रतिपक्ष सांसद भनाभनमा उत्रिएपछि स्थगित गरिएको थियो ।

ताजा समाचार