एमालेको अबरोधका कारण विहिबारको संसद बैठक कार्यसूचीमा प्रवेस नै नगरी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमालेको अबरोधका कारण विहिबारको संसद बैठक कार्यसूचीमा प्रवेस नै नगरी स्थगित

१८ जेठ, काठमाडौं । नेकपा एमालेको अबरोधका कारण बिहिबारको व्यवस्थापिका संसद बैठक पनि कार्यसूचीमा प्रवेस नै नगरी स्थगित भएको छ ।

एमालेको अबरोधका कारण विहिबारको संसद बैठक कार्यसूचीमा प्रवेस नै नगरी स्थगित

१८ जेठ, काठमाडौं । नेकपा एमालेको अबरोधका कारण बिहिबारको व्यवस्थापिका संसद बैठक पनि कार्यसूचीमा प्रवेस नै नगरी स्थगित भएको छ ।

भरतपुर महानगरपालिकाको रोकिएको मतगणना कार्य सुचारु गर्न माग गर्दै एमालेले अबरोध गरेपछि विहिबारको संसद बैठक कार्यसूचीमा प्रवेस नै नगरी आइतबार ११ बजे सम्मको लागि स्थगित भएको हो । सभामुख ओनसरी घर्तीले विहिबारको बैठक सुरु भएको जनाउ दिएलगत्तै एमालेका सांसदहरुले उभिएर बैठक अवरोध गरेका थिए । अवरोधका बीच नेकपा माओवादीका सांसद रामनारायण विडारीले नियमापत्ति जनाएपछि बैठकको माहोल भिन्न बनेको थियो ।

सभामुख घर्तीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठेर अवरोध जनाईरहेको समयमा नियमापत्तिका लागि बोल्न दिन नसक्ने बताएपछि सांसद विडारीले एकोहोरो नियमापत्ति भनेपछि बैठक हासोले गुञ्जयमान भएको थियो । एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभामुख घर्तीले जेठ २१ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको जनाकारी दिनुभयो ।

संसद सचिवालयले विहिबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने, अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४÷०७५ को राजश्वर र व्ययको बार्षिक अनुमान माथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची तय गरेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);