सहमतीय सरकार गठन गर्न दलहरु असफल, बहुमतीय प्रक्रिया अघि बढाउन राष्ट्रपतिको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सहमतीय सरकार गठन गर्न दलहरु असफल, बहुमतीय प्रक्रिया अघि बढाउन राष्ट्रपतिको आह्वान

१८, जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको छ ।

सहमतीय सरकार गठन गर्न दलहरु असफल

१८, जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको छ ।

संविधान अनुसार सहमतीय सरकार गठनका लागि दिइएको एक साताको समयमा दलहरुबीच सहमति कायम नभएपछि राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी विज्ञप्तिमा उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकाले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन राष्ट्रपतिले आह्वान गर्नुभएको उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);