गल्ती नसच्याए काँग्रेस र माओवादी निर्वाचन केन्द्रमा नजाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गल्ती नसच्याए काँग्रेस र माओवादी निर्वाचन केन्द्रमा नजाने

राजन गाउँले २६, बैशाख सिन्धुली ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिन्धुलीले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारी एमालेको एकलौटी भएको भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुले मुख्य

गल्ती नसच्याए  काँग्रेस र माओवादी  निर्वाचन केन्द्रमा नजाने

राजन गाउँले २६, बैशाख सिन्धुली ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिन्धुलीले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारी एमालेको एकलौटी भएको भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरुले मुख्य निर्वाचन अधिकृत समक्ष आपत्ति जनाएका हुन् । एमाले निकट टेडयुनियनका सक्रिय पदाधीकारीहरुलाई मात्र कर्मचारीका रुपमा खटाएको भन्दै त्यसलाई तत्काल नसच्याए निर्वाचन केन्द्रमा नजाने धम्की काँग्रेस तथा माओवादी केन्द्र निकट कर्मचारीहरुले मुख्य निर्वाचन अधिकृतलाई दिएका हुन् । टेडयुनियनका मुख्य पदाधीकारीहरुलाई निर्वाचन केन्द्रमा पठाउनु निर्वाचन आचारसंहिता विपरित मानिन्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विभिन्न प्रोजेक्टमा कार्यरत कर्मचारी देखि राजनीतिक भर्ती गरिएका करारका कर्मचारीहरुलाई मतदान केन्द्र प्रमुखमा खटाउने निर्णय गरेको भन्दै यस्तो आपत्ती जनाएका हुन् ।

 

ट्रान्सपरेन्सी नेपालकी कार्यक्रम प्रमुख गंगा सत्याल घिमिरे, महिला विकास कार्यालयको प्रोजेक्टमा काम गर्ने करारका कर्मचारी लोकहरी आचार्य सहित पाँच जनाको नाम निर्वाचन आयोगले मतदान केन्द्रको प्रमुखमा राखे पछि काँग्रेसले आपत्ति जनाएको छ । यस्तै राजनितीक दल निकट ट्रेडयुनियनमा आवद्ध प्रमुख व्यक्तीहरुलाई निर्वाचनमा नखटाउने सहमती भए पनि एमाले निकट कर्मचारीलाई मात्रै खटाएको भन्दै नेपाली काँग्रेसका सभापती उज्ज्वल वरालले मुख्य निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारी समक्ष असहमती जनाउँनु भयो । माओवादी केन्द्रका अध्यक्ष राजन दाहालले पनि निर्वाचनमा एमाले निकट कर्मचारीलाई आफ्नो जित सुनिश्चित भएको स्थान र विपक्षीको पकट भएका स्थानमा नियोजित तरिकाले एमालेका कोर कर्मचारीलाई नियुक्त गरेको आरोप लगाउँनु भयो ।

 

नेपाली काँग्रेस निकट कर्मचारी गोविन्द कोइराला निर्वाचन आयोगले गरेको गल्ती नसच्याए आफुहरु निर्वाचन केन्द्रमा नजाने वताउँनु हुन्छ । ट्रेडयुनियका मुख्य व्यक्तीहरुलाई निर्वाचनमा परिचालन नगर्ने सहमति भए पनि एमाले निकटको कर्मचारीका मुख्य पदाधीकारीहरुरुलाई मतदान केन्द्र प्रमुख वनाउने निर्णय गर्नुमा संकास्पद देखिएको उहाँले बताउँनु भयो । माओवादी केन्द्र निकट कर्मचारी युनियएका अध्यक्ष सरोज श्रेष्ठ मुख्य निर्वाचन अधिकृतको कार्यालय एक पक्षिय ढंगले चलेको भन्दै निर्वाचन केन्द्रमा सवै पार्टी निकटका टे«डयुनिएनका पदाधीकरीहरुलाई पठाउनु प¥र्ने माग राख्नु भयो । उता प्रमुख जिल्ला अधिकारी तारावहादुर कार्की मुख्य निर्वाचन अधिकृतलाई जानकारी नगराई जथाभावी एकलौटी तरीकाले कर्मचारी खटाएको गुनासो दलका नेता तथा युनिएनका कर्मचारीवाट गुनासो आउनु निर्वाचन आयोगमा काम गर्ने कर्मचारीहरुको गम्भीर त्रुटी भएको वताउँनु हुन्छ ।

 

निर्वाचन केन्द्रमा खटिने त्यस्ता कर्मचारीको नाम तत्काल हटाउन मुख्य निर्वाचन कार्यलयमा काम गर्ने ति कर्मचारीलाई निर्देशन दिनु भएको छ । यसैविच मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टराईले राजनितीक दलका नेता तथा कर्मचारी संगठनका पदाधिकारी समक्ष मतदान केन्द्रमा खटिने कर्मचारी टे«डयुनियएमा पदाधिकारीहरु भए उनीहरुलाई हटाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नोटःप्रमुख निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारी समक्ष निर्वाचनमा खटीने कर्मचारी एमालेको एकलौटी भएकोमा विरोध जनाउदै दलका नेता तथा कर्मचारीहरु ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);