फोरमले मन्त्रीको नामावली बिहीबार बिहान टुंगो लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १६ जेठ । संघीय समाजवादी फोरम, नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली बिहिबार बिहान टुंगो लगाउने भएको छ ।

बुधबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीहरुको नामावली बिहीबार बिहानसम्म टुंगो लगाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने निर्णय गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा पार्टीबाट २ जना मन्त्री सरकारमा सामेल हुनेछन । पार्टी संसदीय दलको बैठकमा यसबारे छलफल भएपनि कसलाई पठाउने भन्ने विषयमा टुंंगो लगाउन भोली विहान ८ बजे पार्टी केन्द्रिय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।

सोही बैठकले मन्त्री बन्नेहरुको नामावली तय गरी प्रधानमन्त्री ओलीलाई बुझाउने निर्णय गरिएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । संसदीय दलको बैठकले सोमबार नेपाल कम्युनिष्ट पार्टीसँग सरकारमा सामेल हुनेगरी गरिएको २ बुँदे सहमतिलाई अनुमोदन पनि गरेको छ ।

सरकारमा सहभागी हुने गरी गरिएको दुई पार्टीबीचको सहमति अनुमोदन गरिएको अध्यक्ष यादवले बताए । बैठकले बजेट निर्माणमा सहभागी नभएको हुनाले यसमा सन्तुष्ट हुने ठाउँ नरहेको स्पष्ट पारेको छ । अध्यक्ष यादवले बजेटको विषयमा संसदमा आवश्यक सुझाव दिने निर्णय गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);