बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गर्ने देउवा नै 'हावादारी' : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गर्ने देउवा नै ‘हावादारी’ : प्रम ओली

deuba-oli

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गरेकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले देउवाप्रति लक्षित गर्दै केही भन्ने ठाउँ नभएपछि बजेटलाई ‘हावादारी’ भनिएको दावी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले बजेटलाई ‘हावादारी’ भनेर टिप्पणी गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा आफै ‘हावादारी’ भएको भन्दै व्यंग्य  गरेका छन्।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि सुशासन र समृद्धिको अभियानमा सहभागी हुन आह्वान गरेका छन् । उनले बैचारिक भिन्नता देखाउने तर भ्रष्टाचारको मामलामा उस्तै देखिने राजनीतिक विचारधाराको कुनै अर्थ नहुने भन्दै सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले शिक्षालाई विकास र उत्पादनसँग जोड्ने सरकारको योजना रहेको बताएका छन् । उनले गुणस्तरीय शिक्षा दिने काममा जिम्मेवारी बोधका साथ अघि बढ्न शिक्षकहरुलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले एक वर्ष भित्र मुलुकबाट निरक्षरता उन्मुलन गर्ने दावी गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);