नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति

kamnist foram

काठमाडौं, १४ जेठ । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीले दुई नम्बर प्रदेशको सरकारलाई गरेको समर्थन फिर्ता लिएको भोलिपल्ट फोरम संघीय सरकारमा सहभागी हुने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीले आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने र मधेश आन्दोलनका क्रममा उठाइएको माग सम्बोधन गर्ने सहमति जनाएपछि फोरम सरकारमा सहभागी हुन सहमत भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी र फोरमबीच दुई बुँदे सहमति भएको छ । २२ सदस्यीय मन्त्रिपरिषद्मा शहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खाली राखिएको छ । यद्यपि, फोरमले कुन कुन मन्त्रालय लिने भन्ने सार्वजनिक गरिएको छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);