फोरमले माग्यो सभामुख | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

फोरमले माग्यो सभामुख

foram sarkar

काठमाडौं, १७ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमति गरी सरकारमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको सभामुख पनि माग गरेको छ ।

सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न बुधबार बसेको संसदीय दलको बैठकमा सरकारमा सहभागी हुँदा सभामुख वा उपसभामुखमध्ये एउटा पद पार्टीले पाउनुपर्ने माग उठेपछि फोरमले नेकपासँग सभामुख दिनुपर्ने विषयमा संवाद गर्ने भएको हो ।
बैठकले मन्त्री छनोट गर्न नसकेपछि अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा लगाएको छ । मन्त्री छनोटको विषयमा छलफल सुरु भएलगत्तै फोरमका सांसदले सभामुख र उपसभामुख बेग्लाबेग्लै पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एक पद दाबी गर्नुपर्ने सुझाव दिएका थिए । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

ताजा समाचार