संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निर्णय

संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

anghiya samaja badi foram

काठमाडौं, २२ फागुन । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

फोरमका पदाधिकारीको आज बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागीताका विषयमा एमालेसँग भएको वार्ताका विषयमा जानकारी गराएका थिए । यादवले एमालेले संबिधान संशोधन गर्ने र महत्वपूर्ण मन्त्रालय दिने प्रतिबद्धता जनाएको जानकारी गराएपछि बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सरकारमा सहभागीताका विषयमा फोरम र वाम गठबन्धनबीच आज सहमति गर्ने तयारी छ । अर्को मधेशवादी दल राजपा नेपालसमेत सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग वान टु वान वार्ता गरेपछि राजपा सरकारमा सहभागी हुन इच्छुक देखिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);