माया भट्टले जनतालाई अनुभुत हुने गरी काम गर्ने प्रतिवद्धता जनाइन | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

माया भट्टले जनतालाई अनुभुत हुने गरी काम गर्ने प्रतिवद्धता जनाइन

maya

काठमाडौं, २२ फागुन । प्रदेश नम्बर ७ अन्र्तगत उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टले जनतालाई अनुभुत हुने गरी काम गर्ने प्रतिवद्धता जनाएकी छन । जनतालाई धन्यवाद दिन गृह जिल्ला बैतडी पुगेकी मन्त्री भट्टले प्रेस चौचारी नेपाल बैतडी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त प्रतिवद्धता जनाएकी हुन ।

जनताको सल्लाह र माग अनुसारका कामहरु गर्ने उनको भनाई थियो । मन्त्री भट्टले जिल्ला र प्रदेशको समग्र विकासका लागि सल्लाह र योजना दिनसमेत सम्पूर्ण नागरिकहरुलाई आग्रह गरिन । बैतडीमा धार्मिक एवम्ं पर्यटकीय सम्भावनाले भरिपुर्ण भएकाले आफ्नो ध्यान यस तर्फ रहेको उनको भनाई छ । बाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रलाई टेकेर जनताका आवश्यकता पुरा गर्न आफु तयार रहेको उनले स्पष्ट पारे । प्राकृतिक श्रोत साधनका हिसाबले प्रदेश नम्बर ७ देशकै धनी प्रदेश भएकाले सम्भावनालाई विकासमा परिणत गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);