सर्वोच्च अदालतले संसद विघटनकै पक्षमा फैसला गर्छ : मन्त्री भट्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सर्वोच्च अदालतले संसद विघटनकै पक्षमा फैसला गर्छ : मन्त्री भट्ट

श्रवण देउवा
धनगढी, ९ फागुन
। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले संसद विघटनकै पक्षमा फैसला गर्ने दाबी गरेका छन् । सरकार निर्वाचनको तयारी तिब्र रुपमा गरिरहेकोले अदालतले पनि सरकारकै पक्षमा फैसला गर्ने वातावरण देखिएको उनले बताए ।

प्रेस संगठन नेपाल कैलालीले कैलालीमा गरेको पत्रकार सम्मेलन बोल्दै नेता भट्टले अब सर्वोच्च अदालतले दुईचार दिनभित्रै फैसला सुनाउने समेत दाबी गरे । सडममा उत्रेको समूहले सर्वोच्चले संसद विघटनको विपक्षमा निर्णय गरेमा जनअदालत जाने भन्ने जस्ता अभिव्यक्ती प्रति हास्यास्पद भएको समेत उनको आरोप छ । यस्ता अभिव्यक्तीले स्वतन्त्र न्यापालिकाका बिरुद्ध बोलेको नेता भट्टको आरोप छ ।

ओली सरकारले संसद विघटन गरेर नयाँ जनाधार ल्याउनको लागि नै जनता माझ जाने भएको यसबाट कोही नडराउन समेत आग्रह गरे । पार्टी भित्रबाटै प्रतिपक्षी जन्मेपछी अब नयाँ जनआधारमा जानुपर्छ भनेर नै केपी ओलीले संसद विघटनको विकल्प नरहेको समेत उनको दाबी छ ।

अर्को प्रसङ्गमा नेकपाका नेता समेत रहेका भट्टले निर्वाचन आयोगले सबै तयारी थालीसकेकोले निर्वाचन हुनेमा ढुक्क रहन समेत जनतालाई आग्रह गरे ।

सबै तिर निर्वाचनले तातेको देश अब निर्वाचनमा जाने समेत उहाले आश्वासन दिए । सुदूरपश्चिम प्रदेश सरकारको काम प्रति लक्षित गर्दै उनले प्रदेश सरकार सुतेको आरोप लगाए । प्रदेश सरकार कुनै मर्याद पालना र जनताको काम गर्नको साटो हराएको बताए । यहाँको पार्टी र सरकारको नेतृत्व असफल भैसकेको समेत बताए ।

विप्लव समूहले बर्ताको लागि सकारात्म भएकोले सरकारले वार्ताको लागि पुर्णरुपमा तयार रहेको समेत जानकारी दिए । यसमा सरकार र विप्लव समूहबीच छलफल भएपछि कसरी जाने भन्ने कुरा आउने समेत उनको कथन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);