दाहाल–नेपाल नेकपामा आधा-आधाको सहमति (सहमतिपत्र सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाहाल–नेपाल नेकपामा आधा-आधाको सहमति (सहमतिपत्र सहित)

काठमाडौं, ७ फागुन । दाहाल–नेपाल पक्षको नेकपामा आधा-आधाको सहमति भएको छ । सो पक्षका दुई अध्यक्षबीच पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणमा आधा–आधा भागबण्डा गर्ने सहमति भएको हो ।

पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरुमा दुई अध्यक्षहरुले हस्ताक्षर गरेका हुन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत सहभागिता हुनेछ ।

प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिने सहमति भएको छ ।

त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ । यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा पनि ५०–५० प्रतिशत हुनेगरी विशेष व्यवस्था गर्ने सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);