काँग्रेस संसदीय दलको नेतामा पुन देउबा ( भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काँग्रेस संसदीय दलको नेतामा पुन देउबा ( भिडियो सहित )

संसदिय दलको नेता निर्वाचित भए सँगै शेर बहादुर देउवा संघिय संसदमा प्रमुख प्रतिपक्ष दलका नेता बनेका छन ।

deuwa

काठमाडौं, २२ फागुन । संसदिय दलको नेता निर्वाचित भए सँगै शेर बहादुर देउवा संघिय संसदमा प्रमुख प्रतिपक्ष दलका नेता बनेका छन । स्थानीय तह प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा नेपाली काग्रेसले नराम्रो हार ब्यहोरेको र त्यसको जिम्मेवार देउवा नै रहेको भन्दै काग्रेस भित्रबाटै देउवाको विकल्प खोज्न कतिपय नेताहरु सक्रिय छन र देउवा लाई संसदिय दलको नेता हुनवाट रोक्ने प्रयास समेत भएको थियो ।

तर संघिय संसदमा काग्रेसका ६३ जना सांसद मध्ये ४४ जनाले देउवाको पक्षमा मत दिए भने १९ जना सांसदले सिंहको पक्षमा मत दिए । पटक पटक देशको प्रधानमन्त्री बनेका नेता देउवाको संसदिय नेताको चौथो पटकको जित हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);