देउवाको जीत, कोइराला स्थापित विरासतका नेताहरु किनारा लागे (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देउवाको जीत, कोइराला स्थापित विरासतका नेताहरु किनारा लागे (भिडियाे)

दोस्रो पटक सभापतिमा निर्वाचित भएपछि देउवाको राजनीति चतु¥याइको चर्चा चुलियो, शेखर कोइराला हारेर पनि स्थापीत नेता बन्ने देखिदा निधि र सिंह प्रति भने तिब्र असन्तुष्टि शेर बहादुर देउवा पुन कांग्रेस सभापतीमा निर्वाचित भएसँगै कांग्रेस भित्र सबै भन्दा बढि बहस हुने पुस्तान्तरणको प्रसंग माथि लगभग पाँच बर्षका लागि विश्राम लागेको छ।

शेखर कोइराला हारेर पनि स्थापित नेता बन्ने देखिएका छन भने विमलेन्द्र निधि र प्रकाशमान सिह प्रति काग्रेसको ठूलो पक्ती असन्तुष्ट देखिएको छ।

सबै भन्दा पुरानो प्रजातान्त्रि पार्टी नेपाली कांग्रेसको १४ औ महाधिवेशनले शेर बहादुर देउवालाई पुन सभापतिमा चयन गरेको छ। सभापति पदका लागि दोस्रा चरणमा भएको निर्वाचनमा खसेको चार हजार ६ सय २३ मतमध्ये दुई हजार सात सय ३३ मत प्राप्त गरेर देउवा पुन कांग्रेस सभापती बनेका छन।

देउवाले ८ सय ७८ मततान्त्ररले सभापती पदका अर्का प्रत्यासी शेखर कोइरालालाई पराजित गरेका छन। कोइरालाले भने १८ सय ५५ मत प्राप्त गरे। नेपाली राजनीतिमा चतुर राजनीतिज्ञको रुपमा परिचित शेर बहादुर देउवा पाँच पटक प्रधानमन्त्री र दुइ पटक पार्टी सभापतीका रुपमा आफुलाई स्थापीत गर्न सफल भएका छन।

यससँगै नेपाली कांग्रेसभित्र बहस भइरहने नेतृत्वमा पुस्तान्तरणको प्रसँगमाथि नै पाँच बर्षका लागि विराम लागेको छ। देउवा पुन सभापतीमा विजयी भएसगै कांग्रेसभित्र थुप्रै प्रकारका राजनीतिक प्रवृतिहरु पनि देखिएका छन। राजनीतिक प्रतिस्पर्धीहरुबीच खरो रुपमा उत्रिनु पर्ने प्रजातान्त्रिक दलभित्र पद प्राप्तीका निमित्त भएको राजनीतिक सरगर्मीको तिक्तता एकै दिनमा समाधान गर्न सभापती देउवा सफल भएका छन।

अघिल्लो दिन कठोर विपक्षी जस्ता देखिएका आफ्ना प्रतिद्धन्द्धीहरुलाई दोस्रो दिन भएको दोस्रो चरणको निर्वाचका लागि आफ्नो पक्षमा भोट माग्न लगाउन सफल देउवाको चातुर्यतावास्तवमै सफल भयो।

अर्को तर्फ जारी महाधिवेशनका सभापतीका प्रत्यासीहरु जो पैत्रीक विरासतको आडमा उभिएका थिए, उनीहरुको राजनीतिक प्रभाव र क्षमता बारे जनस्तरमा थुप्रै प्रश्न खडा भएको राजनीतिक विश्लेषकहरुले बताइरहका छन। विरासतको राजनीीतक च्याखे दाउ धेरै समय टिक्दैन भन्ने कुरा उनीहरुकै अस्थिर निर्णयले प्रमाणित गरेकोछ। प्रकाशमान सिंह, विमलेन्द्र निधि हुदै सुजता कोइराला र शसांक कोइराला सम्मको राजनीतिक विरात र वर्तमान अवस्थाको भुमिकाकोबीचमा तारतम्यता देखिएन।

पुस्तान्तरणको नारा सहित देसभरबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिहरुलाई उचित जवाफ विना, पुन शेर बहादुर देउवालाई नै भोट हाल्न लगाएर देउवा इतरले राजनीतिक आर्दश लाई भने स्थापीत गर्न सकेनन। अर्को तर्फ कांग्रेसभित्रका होनहार युवा नेताहरुका रुपमा परिचित विश्व प्रकाश शर्मा र गगन थापाले पुस्तारणका निमित्त दिएको अभिव्यक्ति पनि बाझिन पुग्यो। गगन थापाले पुस्तान्त्ररणको पक्षमा निर्वाचनको अन्तिम समय सम्म वकालत गरिरहे भने विश्व प्रकाश शर्मा पुस्तान्त्ररणको नीतिलाई विश्राम दिदै आफुलाई अमुख गुटका नेतामा समाहित गरे।

थुप्रै आरोह अवरोहकाबीच शेखर कोइराला भने सभापतीका लागि भएको निर्वाचनमा हारेर पनि कांग्रेसभित्र जबरजस्त रुपमा स्थापीत हुन पुगेका छन। शेखरको साथमा न कोइराला परिवार देखियो, न शेखरले मानेको गुटका नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले सहयोग गरे। सत्ता, परिवार र गुट भन्दा पृथक रहेर पनि शेखरले जति मत प्राप्त गरे त्यसले नेपाली कांग्रेसभित्र ठूलो पक्ती वर्तमान नेतृत्वको पक्षमा छैन भन्ने कुरा लर्छंग भएको छ।

यति भन्दै गर्दा, नेपाली कांग्रेसका स्थापीता पुराना तथा बरिष्ठ नेता रामचन्द्र पौडेलको भुमिका शुरुवात देखि अन्तिम सम्म निरिह रहन पुग्यो। पौडेल न नीति स्थापीत गर्न सफल भए न त आफ्नो गुटलाई एकृत गरेर आफ्नो भुमिका जब्बर बनाउन सके। सर्वथा निरिह र आफ्नो विगतको गाथाको गुणगान मै आफुलाई सिमित गर्दै सबैसग याचना युक्त रोदनमै आफुलाई सिमित राख्न पुगे। राजनीतिमा जीतको कदर हुन्छ। हारको विरासत पाइदैन भन्ने सामान्य सिद्धान्तको पनि हेक्का नराखेर होला आफ्नो सिमित पार्टी पक्तीभित्र गुनासो र हार गुहारभित्र पौडेलले आफुलाई सिमित राखे।

जे होस देसको पुरानो र ठुलो प्रजातान्त्रिक पार्टीले नया नेतृत्व प्राप्त गरेको छ। अहिले सरकारको नेतृत्व समेत गरिरहेको नेपाली कांग्रेस प्रति जनताका धेरै अपेक्षा छन। जुन स्वभाविक पनि हो। त्यसैले कांग्रेसका नव निर्वाचित सभापतीले आफु माथि लाग्ने गरे असक्षम र अर्कमण्य नेताको दाग पखाल्न अगामी दिनमा बढि भन्दा बढि कृयासिल भइ सकृयता पर्दशन गर्दै समुन्त नेपालका निमित्त केहि गर्न सके देसका लागि केहि राहत हुन सक्ने छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);