पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी केहीबेरमा स्वदेश फर्कंदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी केहीबेरमा स्वदेश फर्कंदै

पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी दुई दिने नेपाल भ्रमण पूरा गरी अहिले केहीबेरमा स्वदेश फर्कंदै छन । अब्बासीले स्वदेश फर्कनुपहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफू बसेकै होटलमा तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटवार्ता गरेका छन ।

pakisthan pm aabassi

काठमाडौं, २२ फागुन । पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी दुई दिने नेपाल भ्रमण पूरा गरी अहिले केहीबेरमा स्वदेश फर्कंदै छन । अब्बासीले स्वदेश फर्कनुपहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफू बसेकै होटलमा तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटवार्ता गरेका छन ।

भेटवार्तामा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ । अब्बासीले सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक एवं आर्थिक विषयमा केन्द्रीत रहेर वार्ता गरेका थिए ।

वार्ताका क्रममा सार्कको १९ औं शिखर सम्मेलनका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । भेटवार्ताका क्रममा अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाई दिंदै पाकिस्तान भ्रमणको निम्ता दिएका छन ।

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

३ घन्टा अघि