प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अहिले केहीबेर पछि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अहिले केहीबेर पछि बस्दै

rastriya sava

काठमाडौं, २२ फागुन । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अहिले केहीबेरपछि बस्दै छ । प्रतिनिधिसभाको विहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । संसदमा  राष्ट्रिय मान्यता प्राप्त पाँच दल छन् । तर सबै भन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने आजको बैठकमा सम्बोधन नगर्ने बताइएको छ ।

बैठकमा दलका नेताहरुले सम्बोधन गरेपछि सभामुख र उपसभामुखको निर्वाचनको मिति घोषणा सम्बन्धि प्रस्ताव पेश कार्यसूची छ । राष्ट्रिय मान्यता प्राप्त पाँच दलबीच सभामुखको निर्वाचन फागुन २६ र उपसभामुखको चैत ३ गते निर्वाचन गर्ने समझदारी भइसकेको छ । बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने मिति पनि तोक्ने छ ।

बैठकमा कार्यसञ्चालन नियमावली बनाउनका लागि मस्यौदा समिति गठनको प्रस्ताव पनि पेश गरिंदै छ । यस्तै, राष्ट्रिय सभाको ११ बजे बस्ने बैठकले अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूचि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);