निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौं, २२ फागुन । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।

आयोगले सोमबार साँझ आफ्नो वेबसाइटमार्फत मतदाता नामावली सार्वजनिक गरेको हो । मतदाता नामावलीमा प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५६ र प्रदेशसभाका ५ सय ४९ जनाको नाम परेको छ । राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनीत गरेका तीन जना र मनाङबाट निर्वाचित प्रदेश सभा सदस्य राजिव गुरुङको नाम मतदाता नामावलीमा छुटाइएको छ ।

चारै जनाले पद तथा गोपनियताको सपथग्रहण गरेका छैनन् । शपथग्रहण नगरे पनि पुर्पक्षका लागि जेलमा रहेका राजपाका सांसद रेशमलाल चौधरीको नाम भने मतदाता नामावलीमा समावेश गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);