पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी आज नेपाल आउँदै

shahid khaqan

काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी आज नेपाल आउँदै छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज अपरान्ह नेपाल आउन लागेका हुन । अब्बासी विशेष विमानमा ३२ सदस्यीय टोलीसहित आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अब्बासीको स्वागत गर्ने कार्यक्रम छ ।

स्वागतपछि अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा गार्ड अफ अनर दिइने छ । यसअघि त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर दिने गरिएकामा प्रधानमन्त्री ओलीको निर्देशनमा सैनिक मञ्चमा गार्ड अफ अनर दिने तय गरिएको हो । गार्ड अफ अनरपछि अब्बासी आफू बस्ने होटल ह्यातमा जानुहुने छ । १९ घण्टा नेपालमा रहने क्रममा अब्बासीले प्रधानमन्त्री ओलीसँग वार्ता गर्ने कार्यक्रम छ । वार्ताका क्रममा १९ औं सार्क शिखर सम्मेलनको आयोजनाका विषयमा छलफल गर्ने बताइएको छ ।

पाकिस्तानी दूतावासले दुईपक्षीय वार्तामा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत विषयमा छलफल हुने बताएको छ । प्रधानमन्त्री ओलीले वार्तामा पूर्वप्रधानमन्त्री र राजनीतिक उच्च नेतालाई पनि बोलाएका छन । ओलीले अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिने छन । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोलि स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);