राष्ट्रपतिले संविधान विपरित सपथ गराएकाले प्रधानमन्त्रीले पुनः सपथ खानुपर्ने कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राष्ट्रपतिले संविधान विपरित सपथ गराएकाले प्रधानमन्त्रीले पुनः सपथ खानुपर्ने कांग्रेसको माग

pm kpoli

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री नियुक्त गर्दा संविधान उल्लंघन भएको भन्दै प्रश्न उठाएका छन् । सांसदको सपथ खाएसँगै कांग्रेस सांसद अतहर कमाल मुसलमानले प्रतिनिधिसभाको सदस्य मात्र प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था भएपनि राष्ट्रपतिले त्यसअघि नै प्रधानमन्त्री नियुक्त गरेर संविधान उल्लंघन गरेको आरोप लगाए ।

उनले सपथ खाएपछि आफूसहित प्रधानमन्त्री पनि प्रतिनिधिसभाको सदस्य बनेको भन्दै विधि र प्रक्रिया बचाउन प्रधानमन्त्रीले पुनः सपथ खानुपर्ने बताए । राष्ट्रपतिबाट भएको गम्भीर त्रुटी सच्याउनुपर्ने उनको माग छ ।  उनले संवैधानिक त्रुटी नसच्याए भविष्यमा गम्भीर समस्या आउने भन्दै यसलाई विपक्षीको विरोधका रुपमा मात्र नलिन आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);