‘त्यो पर्दैन’ विरुद्ध सर्वोच्चमा रिट दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

‘त्यो पर्दैन’ विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सपथ ग्रहण गर्ने क्रममा उनले भनेको एक शब्दलाई दोहो¥याउन अस्वीकार गर्दै ‘त्यो पर्दैन’ भनेको विषयमा सर्वोच्चमा रिट दर्ता भएको छ ।

प्रधानमन्त्री ओलीले सपथका क्रममा राष्ट्रपति भण्डारीले भने अनुसार नगरेको र सपथको क्रममा ‘त्यो पर्दैन’ भनेर राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन हुन गएको भन्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका हुन् ।

रिटमा भनिएको छ–‘राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सपथग्रहण लिँदै गर्दा सत्यनिष्ठा पूर्वक प्रतिज्ञा गदर्छु भन्ने वाक्यांशमा ‘प्रतिज्ञा’ भन्ने शब्द राष्ट्रपतिले दुई दुईपटक उच्चारण गर्दासमेत ‘प्रतिज्ञा’ गर्दछु भन्ने वाक्यांश सपथकै समयमा ‘त्यो पर्दैन’ भनी आफै प्रधानमन्त्रीले भनी सो शब्द नै उच्चारण गर्नु भएन, यसले गर्दा सम्मानीय राष्ट्रपति र राष्ट्रपति संस्थाकै मानमर्दन हुन गएको छ ।’

दायर रिटमा ‘नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८।१।३१ मा भएको सपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक सपथग्रहण गर्नु र गराउनु भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरी पाऊँ,’ भनी माग गरिएको छ । ‘साथै प्रधानमन्त्री तथा मन्त्रीले लिने सपथको ढाँचासहितको संघीय कानुन अविलम्ब बनाउनु भनी विपक्षीहरुको नाममा परमादेशको समेत आदेश जारी गरी पाऊँ ।’

रिट निवेदकका अनुसार प्रधानमन्त्रीले सपथ ग्रहणको समयमा राष्ट्रिपति पढेअनुसार नै दोहो¥याउनु पर्नेमा त्यसो नगरी ‘त्यो पर्दैन’ भनी संविधान,संविधानवाद, जनताप्रतिको सार्वभौमसत्ता र राष्ट्रपतिको निष्ठामाथि नै मानमर्दन हुन पुगेको छ ।

प्रधानमन्त्रीले फेरि सपथ नलिएसम्म उनले गर्ने काममा रोक लगाउन तथा रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म विपक्षी प्रधानमन्त्रीलाई पुनः सपथ नलिई प्रधानमन्त्रीको हैसियतमा कुनै पनि काम कारबाही नगर्नु भनि अन्तरिम आदेश माग गरिएको छ । यो रिट सर्वोच्चमा मंगलबारका लागि पेशी चढेको छ ।

प्रधानमन्त्रीले सपथ ग्रहणका समयमा ‘त्यो पर्दैन’ भन्ने विषय पछिल्लो समय सामाजिक संजाल र संचार माध्यममा चर्को आलोचना भईरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);