एमाले वार्ता टोलीको पहिलो बैठक अनिश्चित, भीम रावलको आँखामा समस्या | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

एमाले वार्ता टोलीको पहिलो बैठक अनिश्चित, भीम रावलको आँखामा समस्या

काठमाडौं। नेकपा एमालेको पुनर्मिलनका लागि आधार तय गर्न बनेको वार्ता टोलीको पहिलो बैठक अनिश्चि बनेको छ ।

ओली पक्षका टोली नेता सुवास नेम्वाङ र माधव पक्षका नेता भीम रावलबीच सहमति गरेर सदस्यहरुलाई खबर गर्ने भनिएकोमा रावलको आँखामा सामान्य समस्या देखिएकाले अस्पताल जार्नुपरेका कारण सोमाबार बस्ने भनिएको बैठक अनिश्ति बनेको हो ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमतिमा दुवै पक्षबाट पाँच–पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो ।

वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ वार्ता टोलीमा ओलीको पक्षबाट नेम्वाङसहित बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपालको पक्षबाट रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

Leave a Reply