प्रधानमन्त्रीलाई पुन सपथ गराउन जसपा अध्यक्ष उपेन्द्रको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्रीलाई पुन सपथ गराउन जसपा अध्यक्ष उपेन्द्रको माग

upendra yadav


काठमाडौं।
जनता समावादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि (वैशाख ३१ गते) लिएको शपथ बदर गर्न माग गरेका छन् । जसपा अध्यक्ष यादवले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दे यस्तो माग गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी ‘त्यो पर्दैन’ भनेकोमा यादवले आपत्ति जनाउँदै पुन सपथ ग्रहण गर्नुपर्ने माग गरेका छन् ।

अध्यक्ष यादवले कोरोना भाइरसको दोस्रो लहरले जनता आक्रान्त भएको अवस्थामा सरकारले जिम्मेवारीपूर्वक आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन नगरेको भनेर पनि आपत्ति जनाएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);