नागरिकताको विषयमा प्रधानमन्त्रीले ठूलो खेल खेले : उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नागरिकताको विषयमा प्रधानमन्त्रीले ठूलो खेल खेले : उपेन्द्र यादव

सप्तरी जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको आरोप लगाएका छन् ।

शनिबार सप्तरीमा पत्रकारसँगको कुराकानीमा बोल्दै उनले संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेश बाट ल्याउनु गलत भएको आरोप लगाएका हुन् ।

अध्यक्ष यादवले ‘एकातिर अध्यादेश जारी गरेको जस्तो गर्ने र अर्काेतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाउने प्रधानमन्त्रीको चरित्रमाथि प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले मधेशको माग संवोधन गर्न नचाहेकाले अहिले सम्म मधेशको माग संवोध हुन नसकेको उनको भनाई थियो ।

मधेशको माग जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व, भाषाको अधिकार, ७ प्रदेशको सट्टा गरी १० जोड १ प्रदेशको अवधारणा ल्याउने भएपनि कुनै माग पूरा नभएको बताए ।त्यस्तै अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने तर्क गरेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना हुने भन्दै सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा परमादेश जारी गर्ने बताए । जसपाभित्रको पूर्व राजपाका नेताहरुले प्रतिगमनकारीलाई सघाएको भन्दै अध्यक्ष यादवले बर्तमान सरकारमा सहभागी नेताहरुलाई पुन पार्टीमा फर्कन ढोका खुल्ला रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);