मधेशको मुद्दा हराएको छैन : उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मधेशको मुद्दा हराएको छैन : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जसपाले मधेशको मुद्धा छोडेको भन्ने आरोप गलत भएको बताएका छन् ।

आफ्नो पार्टीको प्रभाव देशका सबै भुभाव हिमाल, पहाड, तराईमा देखेपछि ठाकुरपक्षले मधेशको मुद्दा हराउन थालेको भन्दै धेरै ठाउँमा भ्रम फैलाउन लागिएको बताए ।

जसपाद्धारा शुक्रबार जनकपुरधाममा ओयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘केही विकृत मानसिकतावादी सोचले पहाडीसँग मिलिहाल्यो मधेशको मुद्दा छोडिदियो भन्ने भ्रम फैलाइएको छ’, ‘मधेशको मुद्दा राष्ट्रिय मुक्तिको सवाल हो । मधेशीविरुद्ध भेदभाव शोषण उत्पीडन रहेसम्म मधेशको मुद्दा एक नम्बरमै रहिरहनेछ ।’

अध्यक्ष यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको समेत बताएका छन् । प्रधानमन्त्रि शेरबहादुर देउवा सँगको सल्लाहमानै आफुले अध्यायदेश ल्याउने सहमति जनाइदिएको बताउँदै उनले भने, ‘प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गर्न लगाएको हो ।’ ‘अलग भए पनि छाता छुटिहाल्यो, कार्यकर्ता अनि छाता जुत्ता सब यतै छुटिहाल्यो,’ यादवले भने ।

अध्यक्ष यादवले प्रदेश सरकारका मन्त्रीका कामबारे धेरै गुनासो सुन्नुपरेको हुँदा सच्चिएर अगाडि बढ्न सझाएका छन् । उनले अब चार महिना अरु काम छाडेर संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);