प्रधानमन्त्री ओलीको पुन: शपथ ग्रहणकाे माग गर्दै परेकाे रिटमाथि आज पेशी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको पुन: शपथ ग्रहणकाे माग गर्दै परेकाे रिटमाथि आज पेशी

काठमाडौं ।  वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओलीलगाएत ४ जनाले सोमबार छुट्टाछुट्टै दायर गरेको रिटमाथिको सुनुवाइको पेशी आजलाई तोकिएको हो ।

प्रधानमन्त्री ओलीले शपथका क्रममा राष्ट्रपति भण्डारीले भनेअनुसार नगरेको र शपथका क्रममा ’त्यो पर्दैन’ भनेर राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन हुन गएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियोे ।

नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट बैशाख ३१ गते भएको सपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक सपथ गर्नु र गराउनु भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

साथै प्रधानमन्त्री तथा मन्त्रीले लिने सपथको ढाँचासहितको संघीय कानुन अविलम्ब बनाउनु भनी विपक्षीहरुको नाममा परमादेशको समेत आदेश जारी गर्न पनि रिट निवेदकहरुको माग छ ।

प्रधानमन्त्रीले फेरि शपथ नलिसम्म उनले गर्ने काममा रोक लगाउन पनि माग गरिएको छ । रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म विपक्षी प्रधानमन्त्रीलाई पुनः सपथ नलिई प्रधानमन्त्रीको हैसियतमा कुनै पनि काम कारबाही नगर्नु भनि अन्तरिम आदेश माग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);