अध्यादेशविरुद्धको रिट प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक ईजलासमा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

अध्यादेशविरुद्धको रिट प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक ईजलासमा

cholendra-jabara

काठमाडौं, ३ पुष । संवैधानिक परिषदको कार्यविधि संशेधनविरुद्ध सर्बोच्च अदालतमा दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको सबैधानिक ईजलासमा शुक्रबारको लागि पेशी चढेको छ। सर्बोच्च अदालताको पेशी सूची अनुसार यो तेस्रो नम्बरमा छ।

प्रधानन्यायाधीश संवैधानिक परिषदको पदेन सदस्य हुने संवैधानिक प्रावधान छ। यो ईजालसमा राणा बाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र र विश्वम्भर श्रेष्ठ सदस्य छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अमान्य र बदर घोषित गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सहित तीनजनाले दर्ता गराएको रिटमा उत्प्रेषण, प्रतिषेधलगायत उपयुक्त आदेश जारी गर्न पनि माग गरिएको छ ।

सरकारले राष्ट्रपतिमार्फत् जारी गराएको अध्यादेशले संवैधानिक व्यवस्थामा प्रश्न ल्याएको भन्दै दायर रिटमा अर्यालले प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद, प्रधानन्यायाधीशसम्मलाई विपक्षी बनाउनुभएको छ ।

मंगलबार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् -काम, कर्तव्य, अधिकार र कार्यविधि_ सम्बन्धी -पहिलो संशोधन_ अध्यादेश, २०७७ जारी गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);