वाम गठबन्धन र फोरमबीचको वार्ता सहमति नजिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वाम गठबन्धन र फोरमबीचको वार्ता सहमति नजिक

२ दिन भित्रमा राजनीतिक सहमति गरी फोरम पनि सरकारमा सहभागी हुने

काठमाडौं, १७ फागुन । सत्तारुढ वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपाल संविधान संशोधन र सरकार विस्तारका विषयमा सहमति नजिक पुगेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको २ पक्षीय छलफलमा संविधान संशोधनका विषयमा लिखित सहमति गरेर अघि बढ्ने र मन्त्रालय भागबन्डाका विषयमा आ– आफ्नै दलभित्र छलफल गरेर सहमतिमा पुग्ने निर्णय भएको हो।

कतिपय विषयलाई टुंगोमा पुर्याउनु अघि पार्टी भित्र पनि आन्तरिक छलफल गर्नेगरी वार्तालाई निरन्तरता दिने निर्णय गरिएको संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । सहअध्यक्ष श्रेष्ठका अनुसार २ दिन भित्र राजनीतिक सहमति गरी फोरम पनि सरकारमा सहभागी हुनेछ ।

बिहीबारको बैठकमा मन्त्रालय भागबण्डाको विषयले औपचारिकता पाए पनि फोरम नेपालले त्यसमा पार्टी भित्र छलफल गर्नुपर्ने अडान राखेको थियो । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरम नेपाललाई एक मन्त्री र एक राज्यमन्त्री दिन तयार छन् ।

तर फोरमले भने ३ वटा मन्त्रालयको दावी गरेपछि दुई पक्षबीचको सहमति लम्बिएको स्रोतको दावी छ । प्रधानमन्त्री ओली प्रदेश नम्बर २ लाई पनि सन्तुलित ढंगले अघि बढाउन उपेन्द्र यादव नेतृत्वको फोरम, नेपाललाई सरकारमा सहभागी गराउन लागि परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);