बिहे गर्छु भन्दै बलात्कार गरी एक लाख सुनका गरगहना लुटेर फरार | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

बिहे गर्छु भन्दै बलात्कार गरी एक लाख सुनका गरगहना लुटेर फरार

काठमाडौं। प्रहरीले बिहे गर्ने प्रलोभनमा युवतीलाई बलात्कार गरी उनको साथबाट एक लाख र सुनका गरगहना लुटपाट गरी फरार भएका आशिष भन्ने विश्व तामाङलाई पक्राउ गरेको छ ।गत २९ जेठ राति काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा तामाङले २४ वर्षीया युवतीलाई पेय पदार्थमा नशालु पदार्थ मिसाई खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।जबर्जस्ती करणी गरी आफ्नो साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइलसमेत लुटी फरार भएको भन्दै युवतीले २ असारमा प्रहरी बृत्त कालीमाटीमा निवेदन दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले तामाङलाई ५ असार राति ११ बजे पक्राउ गरेको हो। हाल उनलाई प्रहरी वृत्त कालीमाटीमा राखिएको छ।

प्रहरीले पीडित महिलालाई प्रसुती गृह अस्पतालमा लगी स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धान सुरु गरेको जनाएको छ।काभ्रेको तिमाल गाउँपालीका–९ घर भई तामाङ हाल बनेपामा डेरा गरी बस्दै आएका थिए। तामाङविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply