आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस ।

काठमाडाैं,१७ मंसिर।आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाइदैं छ ।

सन् १९४९ देखि यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार अहिले पनि संसारभर ४१ लाख श्रमिकलाई जबर्जस्ती जोखिमपूर्ण काम गर्न लगाइएको छ । यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन् ।

नेपालमा श्री ३ चन्द्र शमसेर जंगबहादुर राणाले झण्डै ९४ वर्ष अगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो ।

नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व बढिरहेको बताइन्छ । कमैयाप्रथा, हलिया, कमलरी या अन्य स्वरुपका चलनहरु एकप्रकारको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा कहीँकतै अझै पनि रहेको पाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);