मृत अवस्थामा फेला परेका युवकको हत्या भएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मृत अवस्थामा फेला परेका युवकको हत्या भएको पुष्टि

झापा, २९ असोज । झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङा खोलाको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ । कनकाई ३ मा बसोबास गर्ने चौधरी हिजो विहान ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव संकास्पद देखेपछि गहन अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट लैला कुकुर सहितको टोली खटेको थियो ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न कनकाई ७ का २२ बर्षीय टल्के भन्ने रविन राजबंशीलाइ पक्राउ गरी आज ईलाका प्रहरी कार्यालय अनारमनिमा सार्वजनिक गरिएको हो ।

मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागूऔषध सेवन गर्ने साथै लागूऔषध सेवनकै विषयमा उनिहरु विच बादविबाद भएपछी मंलबार राती चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजबंशीले पछाडीबाट बन्चरोले शरिरका विभिन्न भागमा प्रहार गरेर हत्या गरी शवलाई बाँसघारीमा राखेर उनि फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

पक्राउ परेका राजबंशीले आफुले चौधरीको हत्या गरेको बयान समेत दिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजबंशीको कपडा समेत बरामद गरेको छ । राजबंशी उपर ईलाका प्रहरी कार्यलय अनारमनिबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);