एपीएफ टोलीद्वारा भरुवा भन्दुकसहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एपीएफ टोलीद्वारा भरुवा भन्दुकसहित चार जना पक्राउ

पर्सा, २९ असोज । पर्सा जिल्लाको ठोरी गाउँपालिका ४ स्थित गोपी बस्तीबाट असोज २८ गते एपीएफ टोलीले एक नाल भरुवा बन्दुकसहित चार जनालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय अमन लामा, ३२ वर्षिय बाबुराम लामा, ३४ वर्षिय कुमार लामा र ३५ वर्षिय सानुबहादुर तामाङ्ग छन्

सो ठाउँमा हो हल्ला गरी हिडिरहेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा लिई जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक तथा चार वटा गोली र एक थान खुकुरी फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद भरुवा बन्दुक, गोली र खुकुरीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);