एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

pakrau

मोरङ, १६ साउन । मोरङ जिल्लाको रतुवामाई नगरपालिका २ डोरीयास्थित सीमा ईलाकाबाट साउन १४ गते एपीएफ टोलीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । को २ ह २८७३ नम्बरको ट्याम्पुमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोरीयाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ८ पत्ता र स्पास्मो ट्याब्लेट ३ पत्ता फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको उर्लाबारी नगरपालिका ४ बस्ने २९ वर्षिय सुरज बि.क., सोही नगरपालिका ५ बस्ने २८ वर्षिय विबस लामा र उक्त ट्याम्पुका चालक सोही जिल्लाकै धनपाल गाँउपालिका ३ बस्ने ३८ वर्षिय सुवर्ण राम छन् ।

एपीएफ टोलीले त्यसवेला उक्त ट्याम्पु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा ट्याम्पुसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);