तीन किलो गाँजासहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तीन किलो गाँजासहित चार जना पक्राउ

gaja vang

तनहुँ, १ असोज । तनहुँ जिल्लाको आँवुखैरेनी गाउँपालिका ४ स्थित मुग्लिनबाट असोज १ गते एपीएफ टोलीले करीव तीन किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्की जिल्लाको पोखरा महानगरपालिका २३ बस्ने १८ वर्षिय कुशल सुनार, ३९ वर्षिय सुरज बि.क., स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका २ बस्ने २८ वर्षिय रोशन गुरुङ्ग र सोही ठाउँ बस्ने पुजा गुरुङ्ग छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २३ गण तनहुँबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

मुग्लिनबाट आँवुखैरेनीतर्फ पैदल जाँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुमध्ये कुशल सुनारको साथमा उल्लेखित परिमाणको गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);