दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु

दाङ, ३० असोज । दाङमा कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । बिहीबार राति राप्ती गाउँपालिका ३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाश घर्तीले कुटपिट गर्दा चौधरी गम्भीर घाइते भएका थिए ।

लाठीले कुटपिट गर्दा गम्भीर घाईते चौधरीको रक्तस्राबका कारण राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो । राति कुखुरा कराए पछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएर कुटपिट गरेका हुन् । कुटपिट गर्ने बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । त्यसैगरी पश्चिम दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

बबई गाउँपालिका १ खिलतपुर निवासी ३७ बर्षीय गणेश केसी खितलपुर चौकदेखि करिब २ सय मिटर नजिक नालामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख एवं प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिनुभयो । मृतक केसीले डिप्रेसनको औषधी खाने र मापसे सेवन गर्ने गरेको स्थानियले बताएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।मृतकको बारेमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);