सिरहाबाट महिला हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिरहाबाट महिला हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षीय लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका १ का २० वर्षीय नितेश कुमार रजक र  वडा नम्बर २ मलनियारीका २० वर्षीय राम कुमार महतो कोइरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लुकिछिपी बसेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले बताए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेस प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरेको जनाएको छ ।

गाउँ नजिकै रहेको कर्जन्हा नपा–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मंगलबार अपराह्न बाटो ढुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो हतियारले पेट र घाँटीमा प्रहार गरेका थिए । पक्राउ परेकाहरुविरुद्ध आजै जिल्ला अदालत सिरहामा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);