मोटरसाइकल चोरेर फरार रहेका युवा पेस्तोलसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मोटरसाइकल चोरेर फरार रहेका युवा पेस्तोलसहित पक्राउ

arrested

काठमाडौं । मोटरसाइकल चोरेर फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका–३ राजपुरका २८ वर्षीय विन्दे दास पेस्तोलसहित पक्राउ परेका छन् ।

विवाह चलिरहेको स्थानबाट मोटरसाइकल चोरेर फरार रहेका दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै मोटरसाइकल चोरीमा संलग्न सोही स्थानका २८ वर्षीय सरोज यादव फरार रहेका छन् । हाल फरार सरोजको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);