मोटरसाइकल चोरी गर्ने समूह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

bike_chor

कैलाली, २७ जेठ । कैलालीले प्रहरीले मोटरसाइकल चोरेर खरिद बिक्री गर्ने समूहलाई पक्राउ गरेको छ । मोटरसाइकल चोरेर खरिद बिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनगढी ६ मटीयारीका गोरे भनिने रामभजन राना, कैलाली गाउँपालिकाका सन्जु चौधरी, धनगढी ६ मटीयारीका सुरज राना, कञ्चनपुर वेदकोट नगरपालिका ५ का पदम धानुक र घोडाघोडी ९ का किसन चौधरी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट चोरीको ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रहरीले एउटा मोटरसाइकल भने सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । धनगढी उपमहानगरपालिका २ का मोटरसाइकल धनी लक्ष्मीप्रसाद खनाललाई प्रहरीले फिर्ता गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);