लागुऔषध अफिम सहित वडा सदस्य पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

लागुऔषध अफिम सहित वडा सदस्य पक्राउ

afim_pakrau

बाँके, २७ जेठ । रुकुमका एक जनप्रतिनिधि लागुऔषध अफिम सहित पक्राउ परेका छन् । उनीसहित अरु तीनजना पनि पक्राउ परेका छन् । रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मनबहादुर खत्री, सिस्नेकै भुपेश खड्का र बमबहादुर खड्कालाई बाँके प्रहरीले साढे ६ केजी अफिमसहित नेपालगन्जबाट पक्राउ गरेको हो ।

पुष्पलाल चोकमा रहेको एक होटलकोबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले रुकुमबाट प्रति केजी १ लाखका दरले खरिद गरेर भारतीय लागुऔषध कारोबारीलाई प्रतिकेजी ५ लाखमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

रुकुम लगायतका पहाडी क्षेत्रमा अफिमको खेती हुने गरेको छ । पक्राउ परेका तीनै जनालाई लागुऔषध कारोबार ऐन अनुसार कारर्बाही गरिने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);