स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जना पक्राउ

कैलाली । चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१३ बस्ने २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका-१ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय करण चौधरी रहेका छन् । उनीहरुमध्ये जोशी औषधि खरिद गर्ने र चौधरी औषधि बिक्री गर्ने कार्यमा संलग्न रहेका थिए ।

सोही उपमहानगरपालिका-१ एलएन चोकमा साईकलमा आएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २० ट्याब्लेट स्पास्मो, २ क्याप्सुल परलिन र १२ क्याप्सुल प्रेगास्टार सहित फेला पारी पक्राउ गरेको हो ।

थप अनसन्धानको क्रममा उनले उक्त मेडिकोबाट औषधि खरिद गरेको खुल्न आएपश्चात चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो । उक्त प्रालिबाट २ सय २ ट्याब्लेट स्पास्मो, २ सय ९७ क्याप्सुल परलिन र ६ सय १५ क्याप्सुल प्रेगास्टार समेत प्रहरीले बरामद गरेको छ ।

बरामद औषधि सहित जोशी र चौधरीलाई आवश्यक कारबाहीका लागी औषधी व्यवस्था विभाग नेपालगंज पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);