विश्वकपमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वकपमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा एक एजेन्ट पक्राउ परेका छन् । ‘बेटिङ एप वान एक्स बेट’ लगायत एपमार्फत सट्टेबाजी गराएको आरोपमा लमजुङ सुन्दरबजार–१ घर भई हाल काठमाडौं–२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

उनलाई प्रहरीले गौलीलाई बुधबार काठमाडौं महानगरपालिका–२८ कमलपोखरीबाट पक्राउ गरेको हो । उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसनसमेत पाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनले ईसेवा, आईएमई पे, खल्तीबाट मात्रै २ करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । त्यस्तै, २६ वटा अन्य डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँको कारोबार देखिएको प्रहरीले जनाएको छ ।

योसँगै उनको विभिन्न खाताहरूबाट मात्रै १० करोड ९ लाख २२ हजार १८४ रुपैयाँको कारोबार भएको देखिएको छ । उनले १ वर्षदेखि सट्टेबाजीको काम गर्दै आएको खुलेको छ ।

गौलीविरुद्ध मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न÷गराउन नहुने कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);