सुन व्यवसायीको हत्याको आरोपमा तीन जना पक्राउ, हत्याको विरोधमा बिर्तामोड बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सुन व्यवसायीको हत्याको आरोपमा तीन जना पक्राउ, हत्याको विरोधमा बिर्तामोड बन्द

sunn-birtamod

झापा, २९ फागुन । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्याको आरोपमा रिद्धिसिद्धी ज्वेलर्स बिर्तामोडका सञ्चालक पारस देव, माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ओली पाँचथरको फिदिम तथा अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक भने गरेको छैन । गत फागुन २० गते वेपत्ता भएका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमबार इलामको रोङ गाउँपालिकामा जुटको बोराभित्र शव फेला परेको थियो ।

मुखियाको हत्याको विरोधमा बिर्तामोडका व्यवसायी आन्दोलित भएका छन् । हत्यारालाई कारवाहीको माग गर्दै व्यवसायीले बिर्तामोडका उद्योग व्यवसाय बन्द गरेर प्रदर्शन गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुनचाँदी ब्यवसायी संघ झापाको आव्हानमा व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);