उदयपुरगढीमा ४७ साल देखि पानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गोपाल पोख्रेल, उदयपुर, १० भदौ । उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीका बासिन्दालाई खानेपानीको दुःखले कहिल्यै छाडेन । २०२७ सालसम्म उदयपुरको सदरमुकाम रहेको उदयपुरगढीबाट खानेपानी अभावकै कारण सदरमुकाम गाइघाट सारियो । त्यसयता मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन भए, विकासका नाममा करोडौं रकम खर्च भए तर धक फुकाएर तिर्खा मार्ने गढीबासीको चाहना अझै पुरा हुन सकेको छैन ।

 

आफू जन्मेको ठाउँबाट बसाइँसराइ गरेर बाहिर जान मनले नमानेपछि पानीको दुःख खेप्दै गढीमै बसिरहेका स्थानीयलाई अब पानीको सुविधा होला भन्ने आशासमेत छैन । २०२७ सालसम्म उदयपुरको सदरमुकाम रहेको उदयपुरगढीमा बडाहाकिम बस्थे । दैनिक पानी किनेर खान सम्भव नभएपछि सदरमुकाम गाइघाट सारियो । अन्यत्र रहेका खानेपानीका धेरै समस्या समाधान पनि भए तर यहाँ भने अहिलेसम्म समस्या ज्यूँ का त्यूँ छ । घरनजिकै धारै–घारा छन् तर तिनमा पानी आउँदैन ।

 

उदयपुरगढीमा खानेपानीका कुनै योजना सफल हुन नसकेका कारण यहाँका बासिन्दाले पुस्तौंदेखि समस्या झेल्दै आउनुपरेको छ । हाल एउटा योजना चालू अवस्थामा छ । तर, व्यक्तिको निजी जमिनमा खानेपानीको मुहान रहेकाले उसको इच्छाअनुसार पानी आउने र बन्द हुने गर्छ । स्थानीयले मुहान रेखदेख गर्न सातवटा समिति बनाए तर २०५२ सालमा निर्माण भएको आयोजना लथालिंग नै छ ।

 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले भने उदयपुरगढीमा खानेपानीको अभाव पूर्ति गर्न तीनवटा योजना चालू अवस्थामा रहेको जनाएको छ ।

 

जिल्लाकै प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने उदयपुर गढीबाट विभिन्न हिमशृंखलाको अवलोकन गर्न सकिनुका साथै तराईका समथर फाँटको समेत दृश्यावलोकन गर्न सकिन्छ । पानीको पर्याप्त व्यवस्था हुने हो भने यहाँका बासिन्दाको आर्थिक समृद्धितर्फको यात्रा तय हुनेमा कुनै शंका छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);