बाढीका कारण सप्तरीमा मात्रै १८ हजार भन्दा बढी विद्यार्थी पठन पाठन वञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सप्तरी, १० भदौ । गत साउनको अन्तिम साता आएको बाढीका कारण सप्तरी जिल्लाका ७५ वटा विद्यालयमा क्षति पुगेको छ । जसका कारण १८ हजार भन्दा बढी विद्यार्थीको पठन पाठन अझै प्रभावित भएको छ । सरकारले क्षति पुगेका विद्यालयको पुनः निर्माण तत्काल गर्ने जनाए पनि काम भने सुरु हुन सकेको छैन ।

बाढीले सप्तरीका विद्यालयहरु पूर्ण र आंसिकरुपमा क्षति पुर्याएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीका अनुसार बाढीले विद्यालयका भवनहरु भत्काउँदा २ करोड ४० लाख बराबरको क्षति पुगेको छ । बाढीका कारण विद्यार्थीहरुको पाठ्य पुस्तक पनि बगाएकाले विद्यार्थीको पठनपाठनमा थप समस्या देखिएको छ ।

सप्तरी जिल्लामा ६ सय एक सरकारी विद्यालय रहेकोमा ७५ वटा विद्यालय बाढी र डुबानको चपेटामा परेका थिए ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);