तानसेनमा एक जना मानिस मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

तानसेन, १० भदौ । तानसेन नगरपालिका वडा नम्बर ७, बाँसटारीका नरसिंह विश्वकर्मा मृत अवस्थामा भेटिएका छन् ।

 

विश्वकर्माको शव तानसेन नगरपालिका वडा नम्बर ८, भालेबासमा शनिबार बिहान भेटिएको हो । बाटो हिँड्ने क्रममा तानसेन– ८, भालेबासमा बटुवाले बेवारिसे शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रारम्भिक अनुसन्धानअनुसार विश्वकर्माको मदिरा सेवनको कारण मृत्यु भएको प्रहरीको अनुमान छ ।

 

मृतकको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);