पाल्पा बस दुर्घटना : घाइतेलाई काठमाडौं पठाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पा बस दुर्घटना : घाइतेलाई काठमाडौं पठाइयो

palpa-accident

पाल्पा, १९ जेठ ।  पाल्पाको रम्भा- ४ हुमिनमा भएको बस दुर्घटनाका नौ मध्ये तीन घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । बाँकी पाँच जनाको तानसेनका अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरु तानसेन नगरपालिका-३ का सान्तम बज्राचार्य, तानसेन-३ कै प्रवीण बज्राचार्य र चालक तानसेन-६ अर्जुन थापालाई काठमाडौं थप उपचारका लागि लगिएको हो । उनीहरुलाई गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

घाइतेहरु तानसेन-२ का प्रफुल्ल शर्मा, तानसेन-६ का विमल रन्जन, तानसेन-३ का उत्तमकुमार बज्राचार्य, तानसेन-२ का ओम मलेगो, मिना खाम्चा र तानसेन-६ की पूर्णमाया महर्जनको मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

शुक्रबार भएको बस दुर्घटनामा १४ जनाको मृत्य भएको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);