ईपीजीको नवौं बैठकको मिति तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ईपीजीको नवौं बैठकको मिति तय

epg baithak

काठमाडौं, १९ जेठ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नवौं संयुक्त बैठक आगामी असार १५ र १६ गतेका लागि तय भएको छ। समूहलाई तोकिएको २ वर्षे कार्यअवधि आगामी असार तेस्रो साता सम्पन्न हुने भएकाले त्यसअगावै बैठक हुने भएको हो।

आलो–पालो एक–अर्को मुलुकमा बैठक बस्ने प्रावधानअनुसार नवौं बैठक काठमाडौंमा हुने निधो भएको समूहको नेपालस्थित सचिवालयले जनाएको छ।

यसअघि यही जेठ १८ र १९ गते हुने निधो भएको बैठक भारतीय पक्षले एक साताअघि स्थगित गरेको थियो। तोकिएको कार्यअवधि अन्तिम चरणमा पुगेकाले दुवै मुलुक विस्तृत प्रतिवेदन तयार पार्ने कार्यमा केन्द्रित रहेका छन्।

दुवै मुलुकबीच विभिन्न समयमा भएका सन्धि/सम्झौता पुनरावलोकन गरी दुवै सरकारलाई सुझाव दिन गठित समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धि, जलस्रोत, खुला सीमा व्यवस्थापन, व्यापार, पारवहनलगायतका विषय टुंगो लगाउन पटक–पटक छलफल र बैठक गरेको छ। १९५० को सन्धि पुनरावलोकन गर्न यसअघि नै भारतीय पक्ष लचक भइसकेको छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);