पोखरीमा डुबेर एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तानसेन, ८ असोज । पाल्पामा एक बालकको पोखरीमा डुबेरे मृत्यु भएको छ ।

तानसेन नगरपालिका ११ बन्दीपोखराका १३ वर्षीय मनीष विकको तानसेन नगरपालिका ५ बतासेडाँडास्थित एक पोखरीमा ड्बेर मृत्यु भएको हो । आइतबार बिहान करिब ११ बजे त्रिभ्वन बहुमुखी क्याम्पसको छात्राबास अगाडि रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको स्थानियले बताएका छन् ।

डुबेर अचेत अवस्थामा फेला परेका उनलाई उद्वार गरेर अस्पतालमा लाँदै गर्दा बाटामा नै मृत्यु भएको जानकारी आएको छ ।
विक तानसेनस्थित पद्म पब्लिक माविमा कक्षा ६ मा अध्ययन गर्दै थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);